सूचना तथा समाचारहरु

  • आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

    पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०५।०६ मा आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरेको थियो । वन तथा भू–संरक्षण मन्त्रालयका श्रीमान् सचिव उदयचन्द्र ठाकूर ज्यूको प्रमुख आतिथ्यता तथा वन तथा भू संरक्षण मन्त्रालय, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्र केशरी उपाध्याय, वन तथा भू संरक्षण मन्त्रालय, अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव यादव धिताल, वन्यजन्तु विभागका उपसचिव विष्णु प्रसाद श्रेष्ठ एवम् पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय र पश्चिमाञ्चल क्षेत्रीय पशु निर्देशनालयका प्रतिनिधिज्यूहरुको आथित्यतामा भएको उक्त गोष्ठीको अध्यक्षता पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका क्षेत्रीय निर्देशक धनञ्जय पौडेलज्यूले गर्नु भएको थियो । गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका जिल्ला वन कार्यालयहरु, जिल्ला भू संरक्षण कार्यालयहरु, संरक्षित क्षेत्र, संरक्षण क्षेत्र, प.क्षे.व.तालिम केन्द्र, प.क्षे.व.निर्देशनालय लगायत यस क्षेत्रमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगतका आयोजना तथा परियोजनाहरुले आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा तथा विषयगत छलफलको साथै जिल्लाले सम्पादन गरेका अनुकरणीय कार्यहरुको प्रस्तुति, सिकाइ, समस्या र अनुभवहरुको आदान–प्रदान गर्ने कार्य भएको थियो ।

    गोष्ठीका केही झलकहरू
      [gallery ids="963,961,952,953,954,955,956,957,958,959,960"]  ...पुरा पढ्नुहोस
  • आ.व. २०७२/०७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न ।
    पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०३।२९ मा आ.व. ०७२/७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीको अध्यक्षता पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक राजेन्द्रमान सिंह भण्डारीज्यूले गर्नु भएको थियो । गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका जि.व.का., जि.भू.सं.का, संरक्षण क्षेत्र, प.क्षे.व.तालिम केन्द्र, प.क्षे.व.निर्देशनालय लगायत यस क्षेत्रमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगतका आयोजना तथा परियोजनाहरुले आ.व. ०७२/७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा छलफलको साथै जिल्लाले सम्पादन गरेका अनुकरणीय कार्यहरुको प्रस्तुति, सिकाइ, समस्या र अनुभवहरुको आदान–प्रदान गर्ने कार्य भएको थियो ।उक्त समीक्षा गोष्ठी नगर विकास प्रशिक्षण केन्द्रको सेमिनारहलमा सम्पन्न भएको थियो । करिव ७० जना सहभागीहरु रहेकोे एकदिने चौमासिक प्रगति समीक्षा गोष्ठीेको उद्घाटन अनौपचारिक रुपमा नै भएको थियो गोष्ठीमा पाल्नु भएका प्रमुख अतिथि तथा अतिथिहरु एवम् सहभागीहरुलाई क्षेत्रीय वन निर्देशनालय, पोखराका उपसचिव कोमलराज काफ्लेले स्वागत गर्नु भएको थियो भने गाेष्ठीको सञ्चालन निर्देशनालयका रेन्जर श्री दुर्गा कार्कीले गर्नु भएको थियो । गोष्ठीका झलकहरू  यस निर्देशनालयको सामाजिक सञ्जाल हेलो पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयबाट हेर्न सकिन्छ ।...पुरा पढ्नुहोस
  • आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न
    पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराद्वारा आयोजित आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी मिति २०७२ माघ १४, र १५ गते पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा सञ्चालन भएको थियो । गोष्ठीमा वन तथा भू–संरक्षण सचिव श्रीमान् उदयचन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । त्यस्तै वन तथा भू–संरक्षण मन्त्रालयका मन्त्रालयका योजना तथा जनशक्ति महाशाखाका प्रमुख श्री कृष्णप्रसाद आचार्य, वन तथा भू संरक्षण मन्त्रालय अन्रगतका विभिन्न विभागका महानिर्देशकज्यूहरु साथै यस विकास क्षेत्रमा रहेका जिल्ला वन कार्यालयहरु, जिल्ला भू–संरक्षण कार्यालयहरु, ढोरपाटन शिकार आरक्ष, क्षेत्रीय वन तालिम केन्द्र, पन्चासे र मदाने संरक्षित वन कार्यक्रमका प्रवन्धकहरु, टि.सि.एन.का प्रतिनिधि, हरियो वन कार्यक्रमका प्रतिनिधिहरु, वहुसरोकारवाला वन कार्यक्रम, पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमका प्रतिनिधिहरु र अन्य अधिकृतहरुको सहभागिता रहेको थियो । गोष्ठि निर्धारित समयमा शुरु भई सबैको सक्रिय सहभागिताका साथ गोष्ठी सम्पन्न भएको थियो । चालु आ.व.को स्वीकृत वजेटको बजेट सिलिङ्गमा कम्तिमा १० देखि १५ प्रतिशत वजेट वृद्धि गरी नेपाल सरकारको नीतिहरु र चालु वर्षमा सिकाइहरुलाई समावेश गरि सवै सरोकारवाला र कार्यालयहरुवाट आगामी आ.व. ०७२।७३ का कार्यक्रमको लागि प्रस्तावित कार्यक्रमहरुको बजेट रु १ अरब ६ करोड ९१ हजार बजेट प्रस्ताव गरिएको छ । ...पुरा पढ्नुहोस
  • अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
    अा‍व २०७२।७३ को प्रथम चाैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न मिति २०७२ पाैष छ गते पोखराको नगरविकास प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । गोष्ठीमा यस विकास क्षेत्र अन्तरगतका जिल्ला वन कार्यालय जिल्ला भू स‌रक्षण कार्यालय ढोरपाटन शिकार अारक्ष पन्चासे स‌रक्षित वन कार्यक्रम विश्व शान्ति जैविक विविधता उद्धान क्षेत्रीय वन तालिमकेन्द्र टिसिएन शाखा कार्यालय बर्दघाट लगायतका सरकारी तथा गैरसरकारी अायोजना तथा परियाेजनाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको सभाध्यक्ष क्षेत्रीय निर्देशक शान्तमुनि ताम्राकारले गर्नु भएको थियो भने प्रमुख अतिथि वन विभागका महानिर्देशक रेशम बहादुर डाँगी हुनुहुन्थ्यो । ...पुरा पढ्नुहोस