आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराद्वारा आयोजित आ.व. ०७३|७४ को वार्षिक योजना तर्जुमा गोष्ठी मिति २०७२ माघ १४, र १५ गते पोखराको नगर विकास प्रशिक्षण केन्द्रमा सञ्चालन भएको थियो । गोष्ठीमा वन तथा भू–संरक्षण सचिव श्रीमान् उदयचन्द्र ठाकुरको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम भएको थियो । त्यस्तै वन तथा भू–संरक्षण मन्त्रालयका मन्त्रालयका योजना तथा जनशक्ति महाशाखाका प्रमुख श्री कृष्णप्रसाद आचार्य, वन तथा भू संरक्षण मन्त्रालय अन्रगतका विभिन्न विभागका महानिर्देशकज्यूहरु साथै यस विकास क्षेत्रमा रहेका जिल्ला वन कार्यालयहरु, जिल्ला भू–संरक्षण कार्यालयहरु, ढोरपाटन शिकार आरक्ष, क्षेत्रीय वन तालिम केन्द्र, पन्चासे र मदाने संरक्षित वन कार्यक्रमका प्रवन्धकहरु, टि.सि.एन.का प्रतिनिधि, हरियो वन कार्यक्रमका प्रतिनिधिहरु, वहुसरोकारवाला वन कार्यक्रम, पारिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन कार्यक्रमका प्रतिनिधिहरु र अन्य अधिकृतहरुको सहभागिता रहेको थियो । गोष्ठि निर्धारित समयमा शुरु भई सबैको सक्रिय सहभागिताका साथ गोष्ठी सम्पन्न भएको थियो । चालु आ.व.को स्वीकृत वजेटको बजेट सिलिङ्गमा कम्तिमा १० देखि १५ प्रतिशत वजेट वृद्धि गरी नेपाल सरकारको नीतिहरु र चालु वर्षमा सिकाइहरुलाई समावेश गरि सवै सरोकारवाला र कार्यालयहरुवाट आगामी आ.व. ०७२।७३ का कार्यक्रमको लागि प्रस्तावित कार्यक्रमहरुको बजेट रु १ अरब ६ करोड ९१ हजार बजेट प्रस्ताव गरिएको छ ।