आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०५।०६ मा आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा गोष्ठीको आयोजना गरेको थियो । वन तथा भू–संरक्षण मन्त्रालयका श्रीमान् सचिव उदयचन्द्र ठाकूर ज्यूको प्रमुख आतिथ्यता तथा वन तथा भू संरक्षण मन्त्रालय, प्रशासन महाशाखा प्रमुख केदारनाथ शर्मा, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक गेहेन्द्र केशरी उपाध्याय, वन तथा भू संरक्षण मन्त्रालय, अनुगमन तथा मूल्यांकन महाशाखाका उपसचिव यादव धिताल, वन्यजन्तु विभागका उपसचिव विष्णु प्रसाद श्रेष्ठ एवम् पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय र पश्चिमाञ्चल क्षेत्रीय पशु निर्देशनालयका प्रतिनिधिज्यूहरुको आथित्यतामा भएको उक्त गोष्ठीको अध्यक्षता पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका क्षेत्रीय निर्देशक धनञ्जय पौडेलज्यूले गर्नु भएको थियो । गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका जिल्ला वन कार्यालयहरु, जिल्ला भू संरक्षण कार्यालयहरु, संरक्षित क्षेत्र, संरक्षण क्षेत्र, प.क्षे.व.तालिम केन्द्र, प.क्षे.व.निर्देशनालय लगायत यस क्षेत्रमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगतका आयोजना तथा परियोजनाहरुले आ.व. २०७२।०७३ को वार्षिक प्रगति समीक्षा तथा विषयगत छलफलको साथै जिल्लाले सम्पादन गरेका अनुकरणीय कार्यहरुको प्रस्तुति, सिकाइ, समस्या र अनुभवहरुको आदान–प्रदान गर्ने कार्य भएको थियो ।

गोष्ठीका केही झलकहरू