आ.व. २०७२/०७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न ।

पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय, पोखराले मिति २०७३।०३।२९ मा आ.व. ०७२/७३ को तेस्रो चौमासिक प्रगति समीक्षा गोष्ठी आयोजना गरेको थियो । उक्त गोष्ठीको अध्यक्षता पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयका निमित्त क्षेत्रीय निर्देशक राजेन्द्रमान सिंह भण्डारीज्यूले गर्नु भएको थियो । गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रका जि.व.का., जि.भू.सं.का, संरक्षण क्षेत्र, प.क्षे.व.तालिम केन्द्र, प.क्षे.व.निर्देशनालय लगायत यस क्षेत्रमा वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगतका आयोजना तथा परियोजनाहरुले आ.व. ०७२/७३ को दोस्रो चौमासिक प्रगति समीक्षा तथा छलफलको साथै जिल्लाले सम्पादन गरेका अनुकरणीय कार्यहरुको प्रस्तुति, सिकाइ, समस्या र अनुभवहरुको आदान–प्रदान गर्ने कार्य भएको थियो ।उक्त समीक्षा गोष्ठी नगर विकास प्रशिक्षण केन्द्रको सेमिनारहलमा सम्पन्न भएको थियो । करिव ७० जना सहभागीहरु रहेकोे एकदिने चौमासिक प्रगति समीक्षा गोष्ठीेको उद्घाटन अनौपचारिक रुपमा नै भएको थियो गोष्ठीमा पाल्नु भएका प्रमुख अतिथि तथा अतिथिहरु एवम् सहभागीहरुलाई क्षेत्रीय वन निर्देशनालय, पोखराका उपसचिव कोमलराज काफ्लेले स्वागत गर्नु भएको थियो भने गाेष्ठीको सञ्चालन निर्देशनालयका रेन्जर श्री दुर्गा कार्कीले गर्नु भएको थियो । गोष्ठीका झलकहरू  यस निर्देशनालयको सामाजिक सञ्जाल हेलो पश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालयबाट हेर्न सकिन्छ ।